हिरासतभित्रै पुग्यो कोरोना, थुनुवा र प्रहरी दुवैथरी सङ्क्रमित

इलाका प्रहरी कार्यालय लाहानका प्रहरी र थुनुवा दुवैथरी गरी ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितहरू २४ देखि ५३ वर्ष उमेरका पुरुष रहेको समाचारमा जनाइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सिराहाका अनुसार इलाका प्रहरी कार्यालय लाहानका २२ प्रहरी र ८ जना थुनुवामा सङ्क्रमण पुष्टि भएको हो । यसअघि इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपीसहित ५ जना र इलाका प्रहरी गोलबजारका १० प्रहरीमा कोरोना देखिएको थियो । सङ्क्रमित सबै प्रहरी कार्यालयकै आइसोलेसनमा बसेको जिल्ला प्रहरी सिराहाका प्रहरी प्रवक्ता डीएसपी विनोद घिमिरेले बताएको प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :