बालबालिकालाई पनि वयस्कले जस्तै मास्क लगाउन डब्ल्यूएएचओको आग्रह

काठमाडौँ : कोरोना भाइरस महामारीले विश्वलाई नै प्रभावित बनाइरहेको बेला विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मास्क लगाउने नयाँ नियम सार्वजनिक गरेको छ ।
डब्ल्यूएएचओले कुन उमेरसमूहका मानिसले कति मात्रामा भाइरस फैलाउँछ भन्नेबारेमा कुनै तथ्य नभएको र बालबालिकाले समेत वयस्कले जस्तै भाइरस फैलाउनसक्ने भएकाले उनीहरुले पनि मास्क लगाउनुपर्ने नयाँ नियम सार्वजनिक गरेको हो ।
बालबालिकाले पनि एक वयस्क मानिसजस्तै भाइरस फैलाउनसक्ने जोखिम भएको भदै विश्वस्वास्थ्य सङ्गठनले यस्तो नियम जारी गरेको हो ।
डब्ल्यूएचओले ६ देखि ११ वर्ष उमेरका बालबालिका र ६० वर्षभन्दा माथिका मानिसमा बढी जोखिम हुने भएकाले अनिवार्य मास्क लगाउनुपर्ने बताएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :