नेपालमा एकै दिन ६३४ जना कोरोना सङ्क्रमित थपिए, ९ जनाको ज्यान गयो

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ६ सय ३४ जना कोरोना सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा गरिएका १२ हजार ५ सय १९ परीक्षणमा उपत्यकामा मात्र २ सय १६ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौँ जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३१ हजार १ सय १७ जना पुगेको छ । कोरोनालाई पराजित गर्नेको सङ्ख्या भने १८ हजार ३ सय ५० रहेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट ९ जनाको मृत्यु भएको छ । सुनसरीमा दुईजना, पर्सामा तीनजना, बारामा एक, सिराहामा एक, मकवानपुरमा एक र भक्तपुरमा एक गरी ९ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । सुनसरीमा मृत्यु हुने ६ वर्षीया बालिका हुन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :