डब्ल्यूएचओले भन्यो : कोरोना भाइरस नियन्त्रणमा आउन २ बर्ष लाग्नसक्छ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोरोनाभाइरस महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने बिश्वास ब्यक्त गरेको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसले सन् १९१८ को ‘ स्पेनिस फ्लू’ नियन्त्रणमा आउन दुई वर्ष लागेको भन्दै कोरोना पनि दुई बर्षमा नियन्त्रणमा आउने विश्वास ब्यक्त गरेका हुन् ।

तर विश्वमा विज्ञान र प्रविधिमा भईरहेको विकासको कारण हाल दुई बर्ष भन्दा कम समयमा पनि भाइरस नियन्त्रणमा आउन सक्ने गेहब्रेयसले बताएका छन् । शुक्रबार जेनेभामा आयोजीत आयोजीत एक कार्यक्रममा बोल्दै उनले यस्तो विश्वास ब्यक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :