विश्वभर आज मात्र साढे २ लाख कोरोना सङ्क्रमित थपिए, २ करोड २२ लाखमा सङ्क्रमण

काठमाडौँ : विश्वभर महामारी बनेर फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा २ लाख ६३ हजार ६०१ जना सङ्क्रमित भएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर कोरोना सङ्क्रमित भएका मानिसको सङ्ख्या २ करोड २२ लाख ५६ हजार २२० पुगेको छ । २४ घन्टामा थप ६ हजार ५५४ जनाको कोरोनाकै कारण मृत्यु भएको पनि सङ्ठनले जनाएको छ ।

अहिलेसम्म विश्वभर कोरोना सङ्मणका कारण मृत्यु भएकाहरूको सङ्ख्या सात लाख ८२ हजार ४५६ पुगेको पनि सङ्गठनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :