विदेशबाट फर्किएका कामदारको ढाड सेक्दै होटेलहरू

क्वारेन्टिनका नाउँमा दैनिक ९ हजारसम्म असुल्न पाउने सरकारी निर्णय

काठमाडौँ : विदेशबाट नेपाल फर्किने कामदारहरूलाई तावाबाट उफ्रिएर भुङ्ग्रोमा भनेजस्तै हुने भएको छ । सरकारले विदेशबाट चार्टर्ड उडानमा स्वदेश फर्कने कामदारले विदेशबाटै होटेल बुकिङ गर्नुपर्ने र होटेलहरूले दैनिक ९ हजारसम्म असुल गर्न पाउने निर्णय गरेपछि कामदारहरूको ढाड सेकिने भएको हो ।

सरकारले विदेशबाट फर्किने कामदारहरूलाई राख्न होटेल क्वारेन्टिन तोकेर दैनिक १५ सयदेखि ९ हजार रुपैयाँसम्म असुल गर्न पाउने व्यवस्था गरेपछि कोरोना कहरका कारण विदेशमा अलपत्र परेका र ऋणपान गरी चार्टर्ड विमानमा स्वदेश फर्किन लागेका कामदारमाथि अर्को व्ययभार थपिने भएको हो ।

निर्णयअनुसार विदेशबाट फर्किने यात्रुले एउटा कोठाको प्रतिदिन १५ सय देखि ९ हजार रुपैयाँसम्म तिर्नु पर्नेछ । यसमा खाना र खाजाको खर्च भने जोडिएको बताइएको छ । सरकारले विदेशबाट यात्रुको उद्धार सुरु गरेपछि होटेल क्वारेन्टिनको सूची पनि सार्वजनिक भएको छ । उक्त व्यवस्थाअनुसार विदेशबाट फर्किन दूतावासले सिफारिस गरेका व्यक्तिले काठमाडौँका तोकिएका होटेलमा आफूलाई पायक पर्ने दररेटमा होटेल बुक गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :