कोरोना सङ्क्रमणबाट शुक्रबार मात्र ११ जनाको मृत्यु, मृतकको सङ्ख्या १३७ पुग्यो

काठमाडौँ : नेपालमा शुक्रबारसम्म कोरोना भाइरस सङ्क्रमणबाट १३७ जनाको मृत्यु भएको छ । शुक्रबार मात्र थप ११ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेहरुमा मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौँ, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानका १–१ जना गरी ११ जना रहेका छन् । त्यसमध्ये १ महिला र १० पुरुष छन् । कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १३७ पुगेको जानकारी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएका छन् ।

उनका अनुसार पछिल्लो २४ घन्टामा थप ८३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । शुक्रबारसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार ४८३ पुगेको जानकारी पनि उनले दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :