आज ८३८ जना कोरोना सङ्क्रमित थपिए

काठमाडौँ : नेपालमा गत २४ घन्टामा ८३८ जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार ४८३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ३८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यसमध्ये काठमाडौँ उपत्यकामा १८२ जनामा सङ्क्रमण देखिएको छ भने काठमाडौँ जिल्लामा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जना सङ्क्रमित थपिएको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :