काठमाडौँ उपत्यकामा चौतर्फी प्रहरी तैनाथ, निषेधाज्ञा उल्लङ्घन गर्नेलाई कारबाही

फोटो कान्तिपुर

काठमाडौँ : गएराती १२ बजेबाट काठमाडौँ उपत्यकामा लगाइएको निषेधाज्ञा सफल बनाउन चौतर्फी प्रहरी तैनाथ गरिएको छ । उपत्यकाका गल्लीगल्लीमा पसेर प्रहरीले मानिसलाई घरबाट बाहिर ननिस्कन आग्रह गरिरहेको छ ।

यस्तै निषेधाज्ञाको उल्लघङ्न गर्दै बाहिर निस्कनेलाई प्रहरीले केही समय बाटोमै उभ्याउने र निषेधाज्ञा पालना गर्ने सर्तमा छाड्ने गरेको छ । पसलहरू बिहान सात बजेसम्म मात्रै खोल्न दिइएको छ भने सवारी साधन पूर्ण रूपमा बन्द गरिएको छ । तर अत्यावश्यक सवारी साधन सञ्चालनमा भने रोक लगाइएको छैन ।

औषधी पसल, खाद्यान्न पसल, पानी, किरानालगायत पसल र अन्य अत्यावश्यक उपभोग्य वस्तुमा पनि रोक नलगाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :