काठमाडौँ उपत्यकामा आजबाट निषेधाज्ञा जारी, अवज्ञा गर्नेलाई ६ महिना कैद


काठमाडौ : आज बिहीबार रातीदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागू भएको छ । उपत्यकामा कोरोना सङ्क्रमण बढ्दै गएपछि यसअघिको लकडाउनभन्दा कडा खालको निषेधाज्ञा जारी गरिएको छ ।

प्रहरीले अत्यावश्यकबाहेकका गतिविधिमा कडाइ गर्नेछ । मर्निङवाकमा निस्कनेलाई पनि कारबाही गरिने प्रशासनले जनाएको छ ।

प्रशासनको उक्त ऐनमा आदेशलाई अपहेलना गर्ने व्यक्तिउपर ६ महिनासम्म कैद सजाय हुने व्यवस्था भएकाले मानिसहरुलाई घरबाट बाहिर ननिस्कन आदेश गरिएको छ ।

काठमाडौँ उपत्यकामा कोरोनाको जोखिम भएकाले कडाइ गर्नुपर्ने अवस्था आएको प्रहरीले जनाएको छ ।

उपत्यकाका तीन जिल्लाका प्रजिअको मङ्गलबारको बैठकले आज रातिदेखि लागू हुने गरी अत्यावश्यकबाहेकका सबै गतिविधिमा निषेधको आदेश जारी गरेको हो । काठमाडौँमा हरेक दिन सयभन्दा बढी कोरोना सङ्क्रमित हुँदै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :