आजदेखि तीन दिन लगातार वर्षा हुने, बाढीपहिरो र डुबानको खतरा

काठमाडौँ : दुई महिनाअघि सुरु भएको मनसुनको प्रभाव अहिले नेपालको पश्चिम भागतिर बढी परेको छ । वर्षाका कारण पश्चिमका पहाडी जिल्लाहरूमा बाढीपहिरोको जोखिम र तराईका जिल्लाहरूमा डुबानको जोखिम रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अर्थात् बिहीबार पनि पश्चिम नेपालमा भीषण वर्षा हुनसक्ने अनुमान छ । देशका अन्य भागमा पनि हल्का वर्षा हुने महाशाखाको अनुमान छ ।

भारतको मध्यप्रदेशमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव देशैभर परेकाले आज दिउँसो मेघगर्जन, चट्याङसहित विभिन्न ठाउँमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । शनिबारसम्म देशका विभिन्न क्षेत्रमा भीषण वर्षा हुनसक्ने पूर्वानुमान गरिएकाले बाढीपहिरो र डुबानको जोखिम बढेको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :