बाढीपहिरोपीडितलाई राहत दिन नेकपाको माग

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी दैलेखले गएराती बाढीपहिरोमा परी ज्यान गुमाउने गैरागाउँका १४ वर्षीय जनक कठायतप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । यस्तै बाढी र पहिरोले ७ वटा घर ध्वस्त भएको भन्दै नेकपाले बाढीपहिरोपीडितलाई राहत उपलब्ध गराउन माग गरेको छ ।

नेकपाका दैलेख इन्चार्ज दीपेन्द्रले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन, ‘हिजो भदौ २ गते रातीको अविरल वर्षापछि बाढीपहिरो आउँदा दैलेख जिल्लाका विभिन्न ठाउँमा भौतिक र मानवीय क्षति भएको छ । ठाँटीकाँध गाउँपालिकाको वडा नं ४ गैरागाउँ र आठबीस नगरपालिकाको वडा नं १को रामघाट बजारमा बढी क्षति भएको सूचना छ । गैरागाउँको बाढीपहिरोले एकजना १४ वर्षका बालक जनक कठायतको मृत्यु भएको र एकजना बालक लोकेश कठायत बेपत्ता भएको, ६ जना घाइते भएका छन् भने ७ वटा घर पूर्ण रूपमा भत्केका छन् । यो घटनामा परी मृत्यु भएका बालक लोकेश कठायतप्रति हार्दिक श्रद्धाञ्जली र परिवारमा गहिरो समवेदना छ । बेपत्ता बालकको खोजी तीव्र बनाउन, घाइतेको उपचारको ग्यारेन्टी गर्न र जनतालाई राहत उपलब्ध गराउन हाम्रो पार्टी स्थानीय, प्रदेश र केन्द्र सरकारको ध्यानाकर्षण गराउन चाहन्छ । यो दुःखद् घटनावाट पार्टी मर्माहत भएको छ । यो दुःखद् घडीमा जनताको राहत र उद्धारको काममा लाग्न पार्टी कार्यकर्ताहरूलाई निर्देशन दिन चाहन्छौँ र जनतालाई धैर्य हुन हार्दिक अनुरोध गर्न चाहन्छौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :