उमा भुजेल साधारण तारेखमा रिहा, अदालत प्रहरीको नियन्त्रणमा


काठमाडौँ : नेकपाकी नेत्री उमा भुजेल ‘शिलु’ लाई जिल्ला अदालत सुनसरीले भदौ २ गते भएको थुनछेक आदेश गर्दै सादा तारेकमा रिहा गरेको छ तर प्रहरीले जिल्ला अदालत नै घेरेर राखेको छ । शिलुले अभियोगसहित पक्राउ पुर्जी दिन माग गरेकी छिन् भने प्रहरीले पक्राउ गर्ने तयारी गरिरहेको भुजेलको पारिवारिक स्रोतले बताएको छ ।

नेकपाकी पूर्वपीबीएमसमेत रहेकी शिलुलाई प्रहरीले झूट्टा मुद्दा लगाएर ११ औँ पटक गिरफ्तार गरेको हो । जिप्रका इनरुवाले ३ वटा मुद्दा लगाएको भए पनि सबैमा सादा तारिक आदेश भएको थियो । अर्का नेता सुमनसिंह पौडेललाई पनि अदालतले सादा तारेखमा रिहा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :