एकै दिन सातजनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११४ पुग्यो, १ हजार १६ सङ्क्रमित थपिए

काठमाडौँ : नेपालमा एकै दिन १ हजार १६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । मङ्गलबार थपिएको यो सङ्ख्यासँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २८ हजार २ सय ५७ पुगेको छ । यस्तै मङ्गलबार थप ७ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ । योसँगै कोरानाबाट मृत्यु हुनेको सङ्ख्या ११४ पुगेको छ ।

स्वास्थ्य तथा जसङ्ख्या मन्त्रालयका अनुसार आज काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके र कास्कीका एक–एक पुरुष तथा तनहुँकी एक महिलाको कोरोनाले मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौँमा १३८ जना, पर्सामा १२८ जना, सर्लाहीमा १०७ जना, मोरङमा १०८ जना, धनुषामा ६४ जना, ललितपुरमा ५० जना, चितवनमा ४९ जना, डोटीमा ४६ जना, बारामा ४२ जना, रौतहटमा ३७ जना, मकवानपुरमा ३० जना, महोत्तरीमा २४ जना, काभ्रेमा २१ जना, झापामा २१ जना, भक्तपुरमा १७ जना, कास्कीमा १६ जना, सिराहामा १६ जना, कपिलवस्तुमा १९ जना, रूपन्देहीमा १४ जना, बर्दियामा ९ जना, सुनसरीमा ८ जना, बाँकेमा ६ जना, दैलेखमा ५ जना, नवलपरासीूर्वमा ४ जना, सिन्धुपाल्चोक, सप्तरी, सङ्खुवासभा र बागलुङमा ३–३ जना, दोलखा, उदयपुर, दार्चुला, धादिङ, गोरखा र तनहुँमा २–२ जना, स्याङ्जा, खोटाङ, लमजुङ, ओखलढुङ्गा, रुकुमपश्चिम, पाँचथर, दाङ, सिन्धुली, नलवपरासी पश्चिम, रोल्पा, कैलाली, कञ्चनपुर र सुर्खेतमा १–१ जनामा कोरोना पुष्टि थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :