नेकपा कैलालीद्वारा जिल्ला सदस्य रावतप्रति श्रद्धाञ्जली

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी कैलालीले आफ्नो पार्टीका जिल्ला सदस्य राजबहादुर रावतको निधन भएको जानकारी दिँदै मृतकप्रति श्रद्धाञ्जली र परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

नेकपा कैलालीका सेक्रेटरी करणले सोमबार शोक वक्तव्य जारी गर्दै रावतको निधनले आफ्नो पार्टीलाई अपूरणीय क्षति पुगेको बताएका छन् । वक्तव्यमा जनाइएअनुसार रावतको निधन सोमबार दिउँसो ३ बजे भएको हो ।

नेकपा कैलालीका जिल्ला सेक्रेटरी करणको विज्ञप्तिमा भनिएको छ, ‘महान् तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी दलाल संसदीय व्यवस्था ध्वस्त गर्ने तथा वैज्ञानिक समाजवादी राज्य स्थापना गर्ने महान् अभियानमा जुटिरहेको बेलामा नेपाल कम्युनिस्ट पार्टी कैलाली जिल्ला सदस्य क. राजबहादुर रावतको आज २०७७ साल भदौ १ गते बिहान ३ बजेतिर असामयिक निधन भएकाले हाम्रो सिङ्गो पार्टी तथा आमजनसमुदायलाई शोकाकुल र स्तब्ध बनाएको छ । उहाँको निधनले कैलाली जिल्ला पार्टीलाई ठूलो क्षति पुगेको छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :