लिदी : जहाँ एकै ठाउँमा २२ जना पुरिए र १७ जना अझै बेपत्ता छन्

काठमाडौँ : नेपालमा दुई महिनाअघि सुरु भएको मनसुनपछि बाढीपहिरोका ठूलठूला घटना भए । कोरोना महामारीले भन्दा पहिरो र बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या दोब्बरजस्तै भएको छ । पछिल्लो समय सबैभन्दा ठूलो सङ्ख्यामा पहिरोमा परेका सिन्धुपाल्चोकको लिदीका ३९ जनामध्ये मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । सोमबार पहिरोले पुरिएको अवस्थामा थप तीन शव फेला परेपछि लिदी पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या २२ पुगेको हो ।

प्राप्त विवरणअनुसार लिदी पहिरोमा ज्यान गुमाउनेहरूको नामावली यसप्रकार छ ः टीकामाया दोङ वर्ष ३६, छिरिङ दोङ वर्ष १४, जिते झाँक्री वर्ष ८०, मिलन दोङ वर्ष ८, धनमाया दोङ वर्ष ३४, सानु दोङ वर्ष ८, जयबहादुर दोङ वर्ष ७०, दावाल्हामु दोङ वर्ष ३०, प्रीति दोङ वर्ष ५, माइला दोङ वर्ष १६, मेकमाई दोङ वर्ष ३७, च्यामा दोङ वर्ष १९, विमला दोङ वर्ष ७, लक्ष्मी दोङ वर्ष ११, हिन्दुस दोङ वर्ष १२, मानबहादुर दोङ वर्ष ३०, छविलाल दोङ वर्ष २२, सुमन दोङ वर्ष ६, सुरज दोङ वर्ष १०, ५ महिनाकी कान्छी दोङ, ४ महिनाका रेमिस दोङ र ७ महिनाका कबिर दोङ ।

शुक्रबार बिहान जुगल गाउँपालिकाको लिदीमा खसेको पहिरोमा परेका अन्य १७ जना अझै बेपत्ता छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :