एसईईमा ४ लाख ७२ हजार ७८ जनाको नतिजा सार्वजनिक : यसरी हेर्न सकिन्छ आफ्नो नतिजा


काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार सार्वजनिक गरेको छ । परीक्षा बोर्डका अनुसार यस वर्ष ४ लाख ७२ हजार ७८ जना विद्यार्थीको नतिजा सार्वजनिक गरिएको छ ।

गत चैत ६ हुने तय भएको एसईई परीक्षा कोरोना महामारीका कारण अन्तिम समयमा आएर स्थगित भएको थियो । तर विद्यालयहरूले आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा बोर्डलाई उपलब्ध गराएको अङ्ककका आधारमा बोर्डले नतिजा सार्वजनिक गरेको हो ।

एसईईमा सहभागी विद्यार्थीहरूले वेबसाइट, एसएमएसमार्फत पनि आफ्नो नतिजा थाहा पाउन सक्नेछन् । नेपाल टेलिकमको नम्बरबाट १६०० डायल गरी नतिजा थाहा पाउन सकिनेछ ।

यस्तै इजी सर्भिस प्रालिले ३४९४९ मा सिम्बोल नम्बर एसएमएस गरेर नतिजा थाहा पाउन सकिने सुविधा दिएको छ । यस्तै राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, नेपाल टेलिकमको वेबसाइट, ईडीयू सञ्जाल डटकम, नेपाल टेलिभिजन कान्तिपुर पब्लिकेसन प्रालिमार्फत पनि नतिजा हेर्न सकिने उल्लेख गरिएको छ ।

परीक्षा नियन्त्रण कार्यालयको विज्ञप्ति …

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :