नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक सय सात पुग्यो

काठमाडौँ : पछिल्लो २४ घन्टामा नेपालमा कोरोना सङ्क्रमणबाट थप तीनजनाको निधन भएको छ । योसमेत नेपालमा कोरोना सङ्क्रमण भएर एक सय सातजनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज दुई पुरुष र एक महिलाको निधन भएको हो । आज मृत्यु हुनेमा काठमाडौँकी ५८ वर्षीया महिला, रौतहटका ३२ वर्षीय पुरुष र मोरङका ६० वर्षीय पुरुष रहेका छन् ।

यसैबीच विश्वमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ७ लाख ७३ हजार ५ सय ८६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :