नेपालमा पछिल्लो २४ घन्टामा ५८१ कोरोना सङ्क्रमित थपिए

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा थप ५८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा स्थास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् ।

यासँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या २७ हजार २ सय ४१ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा निको हुनेको सङ्ख्या १६० रहेको छ । योसँगै कोरोनालाई पराजित गर्नेको कुल सङ्ख्या १७ हजार ४ सय ९५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :