सुन तोलाको लाखको नजिक !


काठमाडौँ : कोरोना भाइरस महामारीले विश्वबजार धराशयी बनेको बेला सुनको भाउ भने नयाँ नयाँ रेकर्ड कायम गर्दै तोलाको एक लाख नजिक पुगेको छ ।

मङ्गलबार बिहानसम्म सुनको मूल्य तोलाको ९८ हजार २ सय पुगेको छ । सोमबार ९७ हजार ५ सयमा कारोबार भएको सुन मङ्गलबार एकै दिन ७ सय बढेर ९८ हजार २ सय पुगेको हो । लगातार उकालो लागेको सुनको मूल्य केही दिनमै १ लाख नाघ्ने सुनचाँदी व्यवसायीहरूको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ बढेसँगै नेपाली बजारमा सुनको मूल्य १ लाख नजिक पुगेको हो । निम्न र मध्यम आय भएका उपभोक्ताहरूलाई भने सुनको भाउले ढाड सेकेको छ । आम जनसमुदायलाई भने खाद्यान्नको मूल्य वृद्धिले पिरोलेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :