बाढीपहिरोको वितण्डा बढ्दै

काठमाडौँ : सोमबारदेखि देशैभरि सुरु भएको अविरल वर्षापछिको बाढीपहिरो र डुबानले ठाउँठाउँमा भौतिक र मानवीय क्षति पुर्याउन थालेको छ । वर्षापछिको पहिरोमा परी कालीकोटको रासकोटमा ६ जना बेपत्ता भएका छन् । अविरल वर्षापछि आएको पहिरोमा परी हराइरहेकाहरूकोे अवस्था थाहा हुन नसकेको र अहिले पनि वर्षा भैरहेको कालीकोटका दयारामसिंह लुहरले बताएका छन् ।

यस्तै रुकुमको आठबिसकोटमा पनि पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ । यस्तै मङ्गलबार नै दार्चुलाको दहुँ गाउँपालिका ३ सल्लीमा पहिरोले बगाउँदा दुईजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ५० वर्षीय रामदत्त जोशी र उनकी ४५ वर्षीया पत्नी इन्द्रा छन् । मङ्गलबार राती नै बागलुङमा पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको थियो । यस्तै देशैभर भएको वर्षाका कारण तराई क्षेत्रमा डुबानको खतरा बढेको छ । नदीहरूमा पानीको सतह बढिरहेका कारण तटीय क्षेत्रका बस्तीहरू जोखिममा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :