एम्बाप्पेले च्याम्पियन्स लिग क्वार्टरफाइनल खेल्न नसक्ने

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड केलियन एम्बाप्पे खुट्टाको चोटका कारण च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनल खेल खेल्न नसक्ने भएका छन् ।

फ्रेन्च क्लब फाइनलअन्तर्गत २१ वर्षीय एम्बाप्पेलाई चोट लागेको थियो । खुट्टाको चोटका कारण एम्बाप्पेले आगामी अगस्ट १२ मा च्याम्पियन्स लिगअन्तर्गतको क्वार्टरफाइनल खेल गुमाउने भएका हुन् । पीएसजीको च्याम्पियन्स लिगको क्वार्टरफाइलनमा अगस्ट १२ मा एट्लान्टासँग खेल हुँदैछ । एम्बाप्पेलाई फ्रेन्च कपको फाइनल खेलका क्रममा चोट लागेको थियो । उनलाई सेन्ट इटिनेका डिफेन्डर लोइक पेरिनले खराब ट्याकल गरेका थिए ।

विपक्षी टिमको डिफेन्डरको खराब ट्याकलका कारण उनले पहिलो हाफमै मैदान छाडेका थिए । एम्बाप्पेको चोट निको हुन कम्तीमा ३ साता लाग्ने बताइएको छ । तर पीएसजी सेमिफाइनलमा पुगे उनी अगस्ट १८ मा उक्त खेलबाट भने मैदानमा फर्कन सक्ने सम्भावना रहेको बताइएको छ ।

यस सिजनको च्याम्पियन्स लिग फाइनल पोर्चुगलको लिस्बनमा अगस्ट २३ मा हुनेछ । कोरोना भाइरस महामारीले गर्दा क्वार्टरफाइनलदेखि सिङ्गल लिग खेल मात्र हुनेछ भने क्वार्टरफाइनलदेखि फाइनलसम्मको खेल लिस्बनमै खेलाइनेछ

कोरोना भाइरस महामारीले गर्दा यस सिजनको च्याम्पियन्स लिगका खेलहरू केही ढिला हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :