बागलुङमा पहिरोमा पुरिएर तीनजनाको मृत्यु, बर्दियामा कोरोना सङ्क्रमितले गरे आत्महत्या

काठमाडौँ : सोमबारदेखिको अविरल वर्षापछि खसेको पहिरोमा पुरिँदा बागलुङमा ३ जनाको मृत्यु भएको छ । जिल्लाको तमानखोला र निसीखोला गाउँपालिकामा पहिरोले पुरिँदा ३ जनाको मृत्यु भएको हो ।

मङ्गलबार बिहान खसेको पहिरोले तमानखोला गाउँपालिका २ का पानबहादुर विकको घर पुरिँदा उनकी १२ वर्षीया छोरी रीता विक, १३ वर्षीय छोरा खिमबहादुर विक र समीर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैबीच बर्दियामा क्वारेन्टिनमा बसेका एकजना पुरुषले आत्महत्या गरेका छन् । साउन ९ गते भारतबाट आएका ४३ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण देखिएको थियो । अछाम घर भएका ती व्यक्तिले आइतबार राति आफूले ओछ्याउने तन्नाको पासो लगाई झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :