ठोरीको सीमास्तम्भ भत्काइएको विरोधमा विद्यार्थीद्वारा प्रदर्शन

काठमाडौँ : नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको धरान पिण्डेश्वर विद्यापीठमा अध्ययनरत विद्यार्थीले सीमा अतिक्रमण भएको भन्दै आज प्रदर्शन गरेका छन् ।

सीता गुफा नजिकका सीमा स्तम्भहरू भारतीय एसएसबीले भत्काएपछि स्थानीय जनताद्वारा प्रतिकार गरिएको भिडियो भाइरल भएसँगै धरानका विद्यार्थीहरूले सीमा अतिक्रमण र सांस्कृतिक अतिक्रमण बन्द गर ! सीता गुफा, वाल्मीकि आश्रमलगायत क्षेत्रलाई सुरक्षित गर ! ठोरीलगायत पुरातात्विक क्षेत्रमा नेपाली सेना परिचालन गर ! इन्डियन ज्यादती बन्द गर । ठोरीमा अवस्थित प्राचीन अयोध्या रामजन्मभूमिको अनुसन्धान गर ! सीमा क्षेत्रमा काँडेतारको व्यवस्था गर ! लेखिएका प्लेकार्डसहित प्रदर्शन गरिएको छ ।

केही दिनअघि भानुजयन्तीका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा वलीले रामको जन्मभूमि चितवनको ठोरीमा भएको अभिव्यक्ति दिएसँगै भारतमा पनि यस विषयले तरङ्ग पैदा गरेको थियो भने भारतमा केही साधुहरूले नेपालका प्रधानमन्त्रीको पुतला नै जलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :