पहिरोमा पुरिएर ज्यान गुमाएका परिवारलाई नेकपाको सहयोग

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी बझाङले केदारस्यु गाउँपालिका ८ मल्लेसीमा भीषण वर्षापछि आएको बाढीपहिरोकोमा परी २१ घर पुरिएर ज्यान गुमाउने ७ जनाको परिवारलाई ५२ हजार सहयोग गरेको छ ।

पहिरोमा परी ज्यान गुमाएकाहरूको १३ औँ दिनमा पीडित परिवारलाई सहयोग गरिएको नेकपाले जनाएको छ । नेकपाका जिल्ला इन्चार्ज विराट र सेक्रेटरी हरिलालले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन, ‘हाम्रो जनप्रिय पार्टी नेकपाले दलाल केपी सरकारले लागाएको कडा प्रतिबन्धको प्रतिवाद गर्दै श्रद्धाञ्जलीसभा आयोजना गरी मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारहरूलाई राहतस्वरूप ५२,००० (बाउन्न हजार) रुपैयाँ सहयोग गरेको जानकारी गराउन चाहन्छौँ ।’

विज्ञप्तिमा कोरोना महामारीले नागरिकको जनजीवन कष्टपूर्ण बनिरहेको बेला आफ्नो पार्टी जनताको दुःख र पीडामा हातेमालो गर्दै भ्रष्टाचार र दलालका विरुद्ध कडा सङ्घर्ष गरिरहेको बेलामा पार्टीको सेती–महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुन, सेम ब्युरो महिला संयोजक पूर्णिमा धामीलगायत देशैभरि दर्जनौँ कार्यकर्ताको अमानवीय ढङ्गबाट गिरफ्तार गरी झूट्टा मुद्दा लगाएर जेलमा थुनिरहेको भन्दै आक्रोश व्यक्त गरिएको छ । बिहीबार जारी विज्ञप्तिमा कोरोना भाइरसको महामारी र बाढीपहिरोपीडित जनताको उचित राहतको व्यवस्था गरी बाढीपहिरोको उच्च जोखिममा रहेका बस्तीका जनताको शीघ्र उद्धार गर्न पनि सरकारसँग माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :