घुस्याह इञ्जिनियरलाई कार्वाही

549px-Nepal_rukum_expanded

काठमाडौं / असार २६ : घुस खाने र अनियमितता गर्ने जिल्ला खानेपानी कार्यालय रुकुमका इञ्जिनियर संजिवकुमार शाहलाई नेकपा, रुकुमले कार्वाही गरेको छ । पटक–पटक दिएको चेतावनी अटेर गरेपछि शाहलाई सोमबार, नेकपाले कालोमोसो दलेको हो । विभिन्न योजनाहरुमा १५ देखि २० प्रतिशतसम्म घुस खाएको, घुस नदिने उपभोक्ता समितिहरुलाई सम्झौताभन्दा निकै कम रकम भुक्तानी गरेको र योजना वितरणमा मोलमोलाई गरेकोले कार्वाही गरिएको नेकपा रुकुमले जनाएको छ । नेकपा, रुकुमका सेक्रेटरी चन्द्रवहादुर बुढाले एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारी तथा गैरसरकारी कार्यालयहरुमा विभिन्न प्रकृतिका उजुरीहरु आफूहरु कहाँ आउने क्रम बढेकोले घुस खाने र दिने जस्ता घृणित हर्कत बन्द गर्न चेतावनीसमेत उहाँले दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :