ब्याज र किस्ता नलिन बैङ्क तथा वित्तीय संस्थालाई नेकपाको अनुरोध

पोखरा : देश कोभिड १९ को सङ्क्रमणबाट आक्रान्त बनिरहेको बेलामा नागरिकलाई मानसिक तनाव दिँदै बैङ्क तथा वित्तीय संस्थाहरुलाई ब्याज, किस्ता नलिन अनुरोध गरेको छ ।

बन्दाबन्दीले जनताको जीवन अस्तव्यस्त बनेको समयमा पनि जनताबाट ब्याज असुली गर्ने गरेका कारण त्रास र थप सङ्कट पैदा गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी कास्कीले यस्तो आग्रह गरेको हो । नेकपा कास्कीले विज्ञप्ति जारी गर्दै यस्ता कार्य रोक्न ध्यानाकर्षण गराएको छ ।

विज्ञप्तिमा बाढीपहिरो प्रभावित सराङकोटलगायत विभिन्न स्थानका बाढीपीडितहरुलाई उचित राहत र व्यवस्थापनको ग्यारेन्टी गर्न माग पनि गरिएको छ । कोरोनाका कारण उत्पन्न परिस्थिति सामान्य नहुँदासम्म किस्ता वा ब्याज लिन बन्द गरिनुपर्ने, पोखरा महानगरपालिका रामघाटमा घाट सञ्चालनको राजस्व तुरुन्त महानगरमा दाखिला गर्नुपर्ने साथै यसका दोषीमाथि तुरुन्त कारबाही हुनुपर्ने माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :