भारतबाट दोस्रोपटक आएको सलह जुम्ला पुग्यो

काठमाडौँ  : केही दिनअघि भारतबाट नेपालमा भित्रिएको सलहको झुण्डले देशका विभिन्न ठाउँमा बालीनालीमा क्षति पु¥याइरहेको बेला नयाँ सलहको झुण्ड जुम्ला पुगेको छ । आइतबार भारतबाट नेपाल भित्रिएको सहल एकाएक जुम्ला पुगेर बालीनालीमा क्षति पु¥याउन लागेको हो ।
यसअघि आएको सहलको झुण्ड नहराउँदै आइतबार दाङको बाटो भएर ठूलो झुण्ड भारतबाट नेपाल भित्रिएको हो । यसअघिको सलहको झुण्ड लगातारको वर्षा र हावाहुरीका कारण तितरबितर भए पनि यसपालिको सलहको झुण्ड अलि ठूलो भएका कारण बालीमा क्षति गरेको बताइएको छ ।
सलह दाङ, रुकुम रोल्पा, प्युठान, बागलुङलगायत जिल्लाहरूमा पनि पसेको छ । पानी परेको बेला हराउने गरे पनि घाम लागेको बेला बारीमा फैलिने गरेको र भगाउन नसक्दा क्षति गर्ने गरेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :