गिरफ्तारी र धरपकड नरोकीए बदला दिन्छौ : नेकपा

काठमाडाैँ : नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले फरक राजनैतिक आस्थाका आधारमा गिरफ्तार गरिएका आफ्नो पार्टीका बाग्मती गाउँपालिका सक्रेटरी प्रल्हाद गौतमलाई रिहा गर्न माग गरेको छ ।

जिल्ला सेक्रेटरी पासाङले आइतबार प्रेस विज्ञप्ति जारी गरी गौतमलाई रिहा नगरिए आफ्नो पार्टीको जनसत्ताले दलाल संसदीय ब्यवस्थाका मतियार बनेका प्रशासन र जनप्रतिनिधिहरुलाई गिरफ्तार गरी जनअदालतमा उभ्याउने चेतावनी दिएका छन् ।

सेक्रेटरी पासाङको विज्ञप्तिमा देशका ठुला भ्रष्टाचारी कमिसनखोरी र कर्पोरेटहरुको हित र स्वास्र्थको लागि नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताहरुलाई झुटा मुद्दामा फसाउने र गिरफ्तार गर्ने गरेको कुरा उल्लेख छ । प्रहरीले प्रल्हादलाई राती घरमा सुुतिरहेको अवस्थामा गिरफ्तार गरेको नेकपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :