नेपाल राष्ट्रको मुक्ति नेपाली जनतालाई राज्यसत्ताका मालिक बनाउनु बाहेक हाम्रो अर्को कुनै स्वार्थ छैन : प्रकाण्ड

 

prakanda0२ असोज , विप्लव नेतृत्वको नेकपा(माओवादी)का स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता प्रकाण्डले भारत स्थित नेपालीहरुको संगठन “प्रवासी नेपाली जनसमाज भारत”को प्रथम् राष्ट्रिय सम्मेलनको घोषणा सभालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।

हरियाणा राज्यको फरिदावाद औद्योगिक छेत्रमा बिशाल जनसभालाई सम्बोधन गर्दै प्रचण्डको आत्मसमर्पणवाद र बाबुरामको बिसर्जनवादले जनतालाई पुनः धोका भएको छ जसलाई क्रान्तिले जबाफ दिने र एकदिन ति धोकेवाजहरुलाई जनताले कठघरामा उभ्याउने र बीर शहीदहरुको रगत बेचेर लुटेको सम्पतिलाई जनताले कब्जा गर्ने अवस्थाको सिर्जना पार्टीले गरि छाड्ने प्रतिबद्धत्ता समेत जाहेर गर्नु भएको छ ।


अत्यन्तमा आक्रोशीत हुँदै प्रचण्डले गरेको २५ बुन्दे दिल्ली सम्झौता चाकरी, दलाली र राष्ट्रघातको पराकाष्टा भएको ठोकुवा गर्दै सो सम्झौता कुनै पनि हालतमा लागु गर्न नदिने समेत घोषणा गरे ।prakanda10
उक्त कार्यक्रममा नेकपा(माओवादी)का के.स. तथा प्रवास ब्युरो इन्चार्ज भेषराज भुसालले सम्मेलन द्वारा निर्वाचित आजादसेनको अध्यच्छतामा ५५ सदस्यीय नयाँ समितिमा उपाध्यच्छ गणेश थापा र दामोदर पगेनी, महासचिवमा मोती गौतम, सचिवमा बिष्णु मल्ल र कोषाध्यच्छमा भिमकान्त घिमिरे रहेको घोषणा गर्दै बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।


उक्त घोषणासभामा पार्टी के.स. सन्तोषी बिक,कर्मचारी महासंघका उपाध्यच्छ तथा अन्तराष्ट्रिय बिभागीय इन्चार्ज राजेन्द्र रेग्मी लगायत बिभिन्न संघ-संगठनका प्रतिनिधिहरुले पनि बधाई तथा शुभकामना मन्तब्य राखेका थिए भने सामना र चिराग सांस्कृतिक परिवारको बेजोड सांस्कृतिक प्रस्तुती रहेको थियो ।

janamas-varat-prakanda

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :