गिरफ्तार भएकाहरु सम्मानित

om pun

अम्बिका चन्द / काठमाडाैं, असार २६ :  नेकपाले चुनाव खारेजी अभियानको क्रममा प्रहरीद्वारा गिरफ्तार गरिएकाहरुलाई सम्मान गरेको छ । आइतबार कैलालीको धनगढिमा आयोजित सम्मान कार्यक्रममा चुनाव खारेजी अभियानको अवधिमा विभिन्न मिति र ठाउँबाट गिरफ्तार पश्चात रिहा भएका १४ जनालाई सम्मान गरिएको हो ।

bandiharu

कार्यक्रममा बोल्दै नेकपाका नेता तथा सेती–महाकाली कमाण्ड इन्चार्ज ओमप्रकाशपुनले जेल हिरासत पनि क्रान्तिको मोर्चा भएको बताउनुभयो । उहाँले आफूहरुले शान्तिपूर्ण तरिकाले चुनाव खारेजी अभियानमा रहेको बेला राज्यले आफ्ना नेताकार्यकर्तालाई विनाकारण गिरफ्तार र धरपकट गर्दै जंगली शैली प्रदर्शन गरेको पनि बताउनुभयो । कार्यक्रममा सम्मानित हुनेहरु अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्यहरु वीरेन्द्र वि.क.र विमल धामीले प्रशासनले आफूहरुलाई विनाकारण दुःख दिएको बताउनु भयो ।

19756811_774754529373007_577510754722282306_n

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :