विद्यालयहरूलाई क्वारेन्टाइन नबनाऊ : क्रान्तिकारी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जिल्ला सङ्गठन समिति जाजरकोटले जिल्ला शिक्षा समन्वय एकाइ कार्यालय जाजरकोटमा चारबुँदे मागपत्र बुझाएको छ ।

यतिबेला विश्व कोराना भाइरससँग लडिरहेका बेला निजी तथा सरकारी विद्यालयले विभिन्न बहानामा बन्दाबन्दीको समयमा विद्यार्थी तथा अभिभावकहरूसँग चर्को शुल्क असुण्ली गरेको हुँदा यसलाई तत्काल बन्द गर्न अपिलसहित क्रान्तिकारीले ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझाउँदै अखिल (क्रान्तिकारी) जिल्ला सङ्गठन समिति जाजरकोटका अध्यक्ष विराजन शाहीले भर्ना शुल्क, पाठ्यक्रम शुल्क भनेर विभिन्न बहनामा शुल्क असुली नगर्न विभिन्न विद्यालयहरूलाई अपिल गरे ।

कोरोना महामारीले जनताको जीवन कष्टकर बनिरहेको र रोजगार गुमेका कारण अभिभावकहरूलाई साँझबिहान छाक टार्न समस्या परिरहेको बेला वर्तमान दलाल सरकार जनताको समस्याबारे मूकदर्शक बनिरहेको क्रान्तिकारीले जनाएको छ ।

जिल्लाभरिका सामुदायिक विद्यालयहरूमा शैक्षिक सामग्री तत्काल उपलब्ध गराउन माग गर्दै सामुदायिक विद्यालयहरूमा क्वारेन्टाइनको व्यवस्था गरिएकाले यो कार्य तत्काल बन्द गरी अन्य स्थानहरूमा क्वारेन्टाइनको व्यवस्था गर्न माग पनि क्रान्तिकारीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :