राहत वितरण, टिप्पर दुर्घटना र भ्रष्टाचारीको नेकपाले छानबिन गर्ने


कालीकोट : नेपाल कम्युनिस्ट पार्टी कालीकोटले रास्कोट एरिया नं. ३ को पाँचौ वैठक सम्पन्न गरेकाे छ । एरिया इन्चार्ज नवकुल शाही ‘निर्भिक’को सभापतित्व, जिल्ला इन्चार्ज बिराटको प्रमुख आतिथ्यता र जिल्ला सेक्रेटरी रणदिपको विशेष आतिथ्यतामा भब्यताकासाथ बैठक सम्पन्न गरेकाे हाे ।

वैठकले असार मसान्तसम्म कोभिड १९ को बाहानामा कमिसनको उद्देश्य राखेर नगरपालिकाले बितरण गरेको राहातको विवरण मागी छानबिन गर्ने, लालीघाट टिप्पर दुर्घटनामा भएको नगरको लापरबाहीको सत्य तथ्य छानबिन गर्ने, असार मसान्तमा हुने चरम भ्रष्टाचारको निग्रानी गर्ने र भ्रष्टाचारीलाई कारवाही गर्ने निर्णय गर्नुका साथै उक्त वैठकमा जिल्ला इन्चार्ज बिराटले नक्कली कम्युनिस्टहरुले देशलाई बन्दकी राखेर स्वार्थ सिद्धगर्नुका साथै राष्ट्रियता धरापमा पार्न खोजेकाले खबरदारी गर्दै स्वाधिनताको मुद्दा प्रमुख बनाएर जाने बेला आएकोले सक्रिय भएर लाग्नु पर्ने निर्देशन दिएका छन् । साथै जिल्ला सेक्रेटरी रणदिपले आउने विभिन्न चुनौतीको सामना गरी पार्टी योजनामा प्रतिबद्ध भएर लाग्न निर्देशनसमेत दिएका थिए ।

उक्त वैठकमा उपस्थित सम्पूर्णको धारणासहित वैठकका अध्यक्ष निर्भिक शाहीले वैठक समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :