अखिल क्रान्तिकारीले बुझायो चेतावनीपूर्ण ध्यानाकर्षणपत्र

काठमाडौँ : नेकपा निकट अखिल (क्रान्तिकारी) मेची–कोसीअन्तर्गतका झापा, मोरङ, सुनसरी जिल्लाले अनलाइन कक्षाका नाममा अभिभावकसँग निजी शिक्षण संस्थाहरूले मनपरी शुल्क असुलेको भन्दै शिक्षा विकास तथा समन्वय एकाइ, प्याब्सन र एनप्याब्सनलाई यस किसिमको गलत कार्य तत्काल रोक्न ध्यानाकर्षणपत्र बुझाएको छ ।

कोरोना महामारीका बेला अव्यवस्थित पठनपाठन गरी लकडाउनको समयमा पनि शुल्क असुलीको धन्दा अघि सारेर विद्यार्थी तथा अभिभावकमाथि मानसिक एवम् आर्थिक शोषण गर्न लागेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा अघि भनिएको छ, ‘यस्तो महाविपत्तिका बेला कुम्ल्याउन पल्केका भ्रष्ट शिक्षण संस्थाहरूको निच र निन्दनीय हर्कतको सङ्गठन घोर भत्र्सना गर्दछ । साथै यस किसिमको गैरजिम्मेवारीपूर्ण कार्यलाई तत्काल रोक्न सरोकारवाला पक्षलाई ध्यानाकर्षण गराउन चाहन्छ ।’

यस्ता कार्यहरू बन्द नगरिएमा उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम् सरोकारवाला पक्ष हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :