सङ्कटको बेला निजी स्कुलको ध्यान शुल्क उठाउनतिर


नवलपरासी : अखिल (क्रान्तिकारी) जिल्ला समिति नवलपरासीले बन्दाबन्दीको समयमा पठनपाठन बन्द भएको अवस्थामा अनलाइन कक्षाका नाममा प्याब्सन र एनप्याब्सनले विद्यार्थीहरूबाट शुल्क लिएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

क्रान्तिकारीका नवलपरासी जिल्ला अध्यक्ष सुशील परियारले प्रेस विज्ञप्ति जारी गर्दै कोरोना महामारीले जनता सङ्कटमा परिरहेको बेला शैक्षिक माफियाहरूले अभिभावकहरूबाट अनलाइन कक्षाका नाममा शुल्क उठाउन थालेको भन्दै सरोकारवाला सबैको ध्यानाकर्षण गराएका छन् ।

क्रान्तिकारीले २०७७ जेठ २० गते शिक्षा विकास तथा समन्वय एकाइमार्फत शिक्षा मन्त्रालयमा पेस भएको ९ बुँदे मागपत्र र विगतमा भएका सहमतिविपरीत प्याब्सन र एनप्याब्सनले विद्यार्थीहरूबाट विभिन्न बहानामा शुल्क असुली गरेको भन्दै उक्त कदम दोहोरिएको पाइएमा आन्दोलन गर्ने बताएको छ । विज्ञप्तिकाे पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :