जुम्लीहरु संगठित

19961583_1452670534770934_640198541601533970_nकाठमाडौं / असार २६  :  जुम्लाबाट राजधानी काठमाडौं आएर विभिन्न पेशा तथा व्यावसायमा संलग्न भएका प्रगतिशील तथा वामपंथीहरुको असार २५ गते भएको भेलाले जुम्ला–काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्च, काठमाडौं गठन गरेको छ । संगठनका केन्द्रीय अध्यक्ष रत्न मगरकोे प्रमुख आतिथ्यमा सम्पन्न सो भेलाले अशोक बडकोे अध्यक्षता ६ पद रिक्तरहने गरी १५ सदस्यीय कार्य समिति गठन गरेको हो । समितिका अन्य सदस्यहरुमा उपाध्यक्षमा पूर्ण विक, सचिव विपिन सुनार, सहसचिव किशोर विक, कोषाध्यक्ष सविना बड र सदस्यहरुमा गोकर्ण सुनार, नविन तिरुवा, राधा विक, कमला बड छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :