एमसीसी सम्झौताविरुद्ध नेकपाद्वारा कास्कीमा मशाल जुलुस

पोखरा :नेपाल कम्युनिस्ट पार्टी कास्कीले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोध आइतबार पोखरामा मशाल जुलुस निकालेको छ ।अमेरिका र नेपालका बीच हुने भनिएको एमसीसी सम्झौताको देशव्यापी चर्को विरोध भइरहेको बेला नेकपा कास्कीले पनि मशाल बाल्दै विरोध जनाएको हो । नेकपा कास्कीले लगातार विभिन्न माध्यमबाट एमसीसीको विरोध गर्दै आएको छ । यसअघि पनि नेकपा कास्कीले पर्चा वितरण, पोस्टर टाँस्ने, कोणसभा, प्ले कार्ड प्रदर्शन, ब्यानर टाँस्नेलगायत कार्यक्रम गरिसकेको जनाइएको छ ।
नेपालमा जनआस्था, चाहना र अपेक्षाविपरीत राष्ट्र र राष्ट्रियता नै धरापमा पार्ने र नेताहरू आफ्नो स्वार्थ पूरा गर्न तल्लीन रहेको अवस्थामा राष्ट्रियता थप धरापमा पार्दै देशलाई कमजोर बनाउन र अमेरिकी सैन्य परेड मार्ग खडा गर्ने कूटनीति सफल हुन नदिने र एमसीसी सम्झौता खारेज नभएसम्म सङ्घर्ष निरन्तर अगाडि बढ्ने नेकपा कास्कीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :