एमसीसीको विपक्षमा उभिन कञ्चनपुरका सांसदलाई नेकपाको अनुरोध


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले जिल्लाबाट प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसदहरूलाई एमसीसीका पक्षमा मत जाहेर नगर्न आग्रह गर्दै पत्र लेखेको छ ।

नेकपाका कञ्चनपुर जिल्ला इन्चार्ज सहदेव र सेक्रेटरी रविले विज्ञप्ति जारी गर्दै कञ्चनपुरका सांसद दीपकप्रकाश भट्ट, बिना बुढाथोकी, तारा भट्ट, निरु पाल, नरबहादुर धामी, बिना मगर र इन्दु कठरियालाई राष्ट्रघाती परियोजना एमसीसीका विपक्षमा मत जाहेर गर्न आग्रह गरेका हुन् ।

अमेरिकी डलरसँग राष्ट्रियता साट्न नसकिने भन्दै नेकपा कञ्चनपुरको विज्ञप्तिमा नेपाल र नेपाली जनताको भावनाविपरीतको राष्ट्रघाती परियोजना एमसीसी आमजनता, नागरिक समाज, बुद्धिजीवी, उद्योगी–व्यवसायी, युवा, विद्यार्थी, सचेत देशभक्त, राष्ट्रप्रेमी एक भएर जनस्तरबाट दिनहुँ अभियान, आन्दोलन र व्यापक विरोध प्रदर्शन हुँदाहुँदै पनि जबर्जस्ती केपी–बादल कम्पनीको कठपुतली सरकारले सङ्घीय संसद्बाट पास गर्न खोजिरहेको भन्दै उक्त परियोजनाका विपक्षमा मत जाहेर गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :