एमसीसी परियोजना सैन्य रणनीतिसँग सम्बन्धित


बुटवल : जनअधिकार नेपाल रुपन्देहीले अमेरिकी परियोजना एमसीसीको विरोध गरेको छ । रुपन्देहीको सैनामैनामा आयोजित एक कार्यक्रममा नेपाल र अमेरिकाबीच सम्झौता भएको एमसीसी परियोजना हिन्द प्रशान्त रणनीति आइपीएससँग सम्बन्धित भएको बताएको भन्दै उक्त परियोजनाको विरोध गरेको हो ।

कार्यक्रममा बोल्दै अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष गुणाखर भट्टराईले एमसीसी परियोजना सैन्य रणनीतिसँग सम्बन्धित भएकोले यो नेपालमा यो सम्झौता लागु गरिए महाकाली सम्झौताको अर्को राष्ट्रघाती श्रृंखला हुने समेत बताए । उनले भने ‘ एमसीसीको धारा ३ दफा ३–२ (च) मा सम्पूर्ण बौद्धिक सम्पत्तिमा अमेरिकाको पूर्ण अधिकार रहने, दफा ४ को ८ (क) मा परियोजनाको लेखा परिक्षण अमेरिकाको कम्पनीले मात्र गर्ने, धारा ५ को (क र ख) मा अमेरिकी सरकारले चाहेमा सम्झौता जुनसुकै बेला रद्द गर्ने सक्ने, धारा ७ को दफा ७ (क) मा सम्झौता लागु भएपछि कानुन बाँझिएमा नेपालको कानुन स्वतः खारेज हुने, नेपाल सरकारले राज्यको कुनै पनि निकायलाई खटाउनु पर्दा एमसीसीको स्वीकृति लिनुपर्ने र नेपाल सरकारले एमसीसीलाई चित्त बुझ्ने योजना तयार गर्दा भारतको समर्थन लिनुपर्ने जस्ता राष्ट्रघाती बुँदा छन त्यसैले यसलाई खारेज गर्नुपर्छ ।’

कार्यक्रममा नेकपा मालेका केन्द्रीय सल्लाहकार मनिराम वन, राष्ट्रिय जनमोर्चाको नेता जागेश्वर रेग्मी लगायतले एमसीसी सम्झौता कुनै पनि हालतमा संसदबाट पास गर्न दिन नहुने भन्दै यसले देशको स्वाधीनता र सार्वभौमिकतामाथि गम्भीर हस्तक्षेप हुने बताएका थिए ।

जनअधिकार नेपाल रुपन्देहीका अध्यक्ष रेशम चालिसको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन शिक्षक एवं बुद्धिजीवी केशवराज अर्यालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :