नेकपा नेत्री उमा भुजेल ‘शिलु’ आठौँपटक गिरफ्तार


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीकी नेत्री उमा भुजेल ‘शिलु’ लाई प्रहरीले बुधबार आठौँपटक पुनः गिरफ्तार गरेको छ ।

भोजपुर प्रहरीले भुजेललाई राज्यविरुद्धको अपराध, हातहतियार, आगजनी र सङ्गठित अपराध गरी ४ वटा अभियोगसहित अदालतमा पेस गरेको थियो । न्यायाधीश गेहेन्द्रराज पन्तको इजलासले हरेक मुद्दामा ५० हजारका दरले २ लाख धरौटीमा रिहा गर्ने फैसला गरेको छ ।

भुजेलका तर्फबाट अधिवक्ता कला त्रिताल, विनोदकुमार तिमल्सिना, प्रकाशचन्द्र शाक्य र दीपा मुकारुङले बहस गरेका थिए । नेत्री भुजेलसँगै सुरेन्द्र थापालाई पनि सोहीअनुसारको फैसला भएको छ भने मिणप्रसाद पोखरेललाई साधारण तारेखमा रिहा गर्ने फैसला गरेको छ । भुजेललाई प्रहरीले असार १० गते नै जिल्ला कारागार चलान गरेको छ ।

धरानबाट प्राप्त जानकारीअनुसार भुजेललाई प्रहरीले अब सङ्खुवासभा लैजाने तयारी गरिरहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :