कोरोना सङ्क्रमणको जोखिममा स्वास्थ्यकर्मी


काठमाडौँ : विश्वव्यापी महामारीको रूप लिएको कोरोना रोगको सङ्क्रमणले जनजीवन आक्रान्त पारिरहेको बेला कोरोनाविरुद्धको लडाइँमा अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरू निकै जोखिमपूर्ण तरिकाले काम गरिरहेका छन् ।

यसैबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सुर्खेतमा काम गर्ने ५ जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । प्रतिष्ठानमा उपचार गराइरहेका ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यहाँका सबै चिकित्सकलाई क्वारेन्टाइनमा राखेर कोरोना परीक्षण गर्दा ५ जना चिकित्सकमा कोरोना पुष्टि भएको हो । कोरोनाविरुद्धको लडाइमा सबैभन्दा अग्रमोर्चामा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरूलाई आवश्यक स्वास्थ्य सुरक्षाका साधनहरू पनि पर्याप्त नभएको गुनासो उनीहरूले गरिरहेका छन् ।

कोरोनाबाट नेपालका ७६ वटा जिल्ला छोइसकेको छ भने अहिलेसम्म ९ हजार ५ सय ६१ जनामा कोरोना सङ्क्रमण भैसकेको छ । २३ जनाको त ज्यानै गइसकेको छ । यस्तै विश्वरि नै कोरोनाबाट हाल सम्म ४ लाख ७५ हजारभन्दा बढीको मृत्यु भैसकेको छ भने सङ्क्रमित हुनेको सङ्ख्या निकट भविष्यमै १ करोड पुग्ने अनुमान छ । उपचारपछि निको हुनेको सङ्ख्या भने नेपालमा २१ सय ४८ रहेको छ भने विश्वभरि करिब ५० लाख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :