नवलपुरमा नेकपाले प्रधानमन्त्री वलीलाई बेसार पठायो


काठमाडौँ : नेकपा नवलपुरले प्रधानमन्त्री केपी वलीलाई बेसार, तातोपानी, अदुवा, लसुनलगायत सामग्री पठाएको समाचार प्राप्त भएको छ ।

एमसीसी परियोजना राष्ट्रघाती भएको भन्दै त्यसको विरोधस्वरूप गैँडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलमार्फत प्रधानमन्त्री वलीलाई उक्त सामग्री पठाइएको नेकपा नवलपुरले जनाएको छ ।

एमसीसीविरुद्ध साङ्केतिक रूपमा उक्त सामग्री प्रधानमन्त्री वलीलाई बुझाउनका लागि जिल्ला जनपरिषद् प्रमुख विशालको नेतृत्वमा ठूलो समूह गैँडाकोट नगरपालिकाका मेयर पौडेलको कार्यकक्षमा पुगेको थियो । परिषद्का प्रमुख विशालले प्रधानमन्त्री वलीलाई एमसीसीका विरुद्ध साङ्केतिक रूपमा बेसारलगायत उपहार पठाइएको बताए ।

नेकपाले एमसीसीविरुद्ध देशव्यापी सङ्घर्ष गर्दै आएको छ । यसअघि नवलपुरमा नेकपाले एमसीसीविरुद्ध पर्चा वितरण, पोस्टरिङ, पुतलादहन, कोणसभा, मशाल जुलुस र प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :