जनतामारा वित्तीय सहकारीलाई गाउँगाउँबाट लखेट्न नेकपाको निर्देशन


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी सल्यानले कोरोना भाइरसको सन्त्रासका कारण नागरिकको जनजीवन भयभीत, क्षतिग्रस्त, रोजगारविहीन र निकै कष्टकर भइरहेको बेला दलाल पुँजीद्वारा सञ्चालित वित्तीय सहकारीनामक संस्थाले गाउँगाउँमा गएर ब्याज असुली गरिरहेको सूचना र जनगुनासो आएकाले त्यस्ता संस्थालाई गाउँबाट लखेट्न निर्देशन दिएको छ । जिल्ला सेक्रेटरी तुफानले प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन् ।

तुफानले विज्ञप्तिमा भनेका छन्, ‘महान् तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी जनतन्त्र, जनजीविका, राष्ट्रियताका पक्षमा सङ्घर्षरत रहेको कुरा सर्वविदितै छ । कमिसनखोर, सुदखोर, मिटर ब्याज, ठगी, कालोबजारीका विरुद्ध पनि हाम्रो सङ्घर्ष केन्द्रित छ । यतिबेला देशका नागरिकको जनजीवन कोरोना भाइरस (कोभिड १९) का कारण भयभीत, क्षतिग्रस्त र रोजगारविहीन भएको छ । नागरिकको जनजीवन निकै कष्टकर भैइरहेको बेला दलाल पुँजीद्वारा सञ्चालित वित्तीय सहकारीनामक संस्थाले गाउँगाउँमा गएर ब्याज असुली गरिरहेको सूचना र जनगुनासो हाम्रो पार्टीमा आइरहेको छ ।’

उनले विज्ञप्तिमा भनेका छन्, ‘यसै सन्दर्भमा बागचौर नगरको थारमारेमा रहेको प्रगति बचत तथा ऋण सहकारी संस्थाले गाउँमा गएर समूहहरू भेला गरेर ब्याज र लेबी रकम सङ्कलन गरेको पाइएको छ । मानवजातिले यस्तो महामारीको जोखिम बेहोरिरहेको बेला उक्त कार्य गर्ने सहकारी सञ्चालकलाई गम्भीर चेतावनी दिन्छौँ र उप्रान्त अटेर गरे कारबाही अगाडि बढाइनेसमेत यसै विज्ञप्तिमार्फत स्पष्ट गर्दछौँ । साथै स्थानीय पार्टी कार्यकर्तालाई सहकारी बैङ्कहरू गाउँमा पसेर यस्तो कार्य गरेको पाइएमा गाउँबाट लखेट्नसमेत यसै विज्ञप्तिमार्फत निर्देशन गर्दछौँ ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :