किसानको जग्गामा क्षति पुर्याउनेलाई कारबाही गर्ने जनपरिषद्को चेतावनी


काठमाडौँ : समानान्तर सत्ताको अभ्यास गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध जिल्ला जनपरिषद् रूपन्देहीले देवदह नगरपालिका वडा नं. ३ मा ३५ घरपरिवारले उपभोग गर्दै आएको जमिनमाथि देवदह नगरपालिकालगायतको समूहले राजनीतिक पक्षधरताका आधारमा अतिक्रमण गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

जिल्ला जनपरिषद् रूपन्देहीका प्रमुख जीवनले बुधबार प्रेस वक्तव्य जारी गरी उक्त जनविरोधी कार्य तत्काल रोक्न सम्बन्धित पक्षलाई आग्रह गर्दै नरोके त्यसको परिणाम गम्भीर हुने बताएका छन् ।

जीवनको वक्तव्यमा भनिएको छ, ‘२०७७ असार १ गते देवदह नगरपालिकाका नाममा जनताको जमिन कब्जा गर्ने उद्देश्यले वडा नं. ३ का ३५ घरपरिवारले जीविकोपार्जनका लागि खेतीपाती र मलबीउको जोहो गरिरहेको अवस्थामा ट्याक्टर प्रयोग गरेर भत्काइएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

वक्तव्यमा २०२२ सालमा लागू गरिएको भूमिसुधार कार्यक्रमअन्तर्गत जग्गाको हदबन्दी लागू हुँदा हदभन्दा बढी भएको र त्यसअघि गङ्गालक्ष्मी मल्लका (कि.नं. १५७ नक्सा नं. ४ क को ९ बिघा १० कट्ठा जग्गा) नाममा भएको उक्त खाली जग्गा जनयुद्धका क्रममा जनसत्ता रूपन्देहीले भूमिहीन सुकुमबासीलाई दिलाएको उल्लेख छ । विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :