शान्तिपूर्ण कार्यक्रमबाट गिरफ्तार गरिएका मञ्चका सचिवलाई तत्काल रिहा गर्न जनगणतान्त्रिक सम्पर्क मञ्चको आग्रह


काठमाडौँ : जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समितिले विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण विरोध कार्यक्रमबाट गिरफ्तार गरिएका मञ्चका केन्द्रीय सचिव पूर्णबहादुर श्रेष्ठसहित तीनजनालाई तत्काल बिनासर्त रिहा गर्न माग गरेको छ । मञ्चका अध्यक्ष कमानसिंहले जारी गरेको विज्ञप्तिमा गृह प्रशासनको ठाडो आदेशमा सादा पोसाकमा खटिएको प्रहरीले कार्यक्रमबाट तीनजनालाई गिरफ्तार गरेकोमा घोर विरोध तथा भत्र्सना गरिएको छ ।

कमानसिंहले प्रेस विज्ञप्तिमा भनेका छन्, ‘२०७७ असार १ गते पश्चिम रुकुमको जातीय नरसंहार, अतिक्रमित नेपाली भूमि फिर्ता, अमेरिकी अश्वेत नागरिक जर्ज फ्लोइडको हत्याकाण्डको विरोध, राष्ट्रघाती सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेड (एमसीसी) सम्झौताको खारेजी र कोभिड १९ कोरोना महामारी नियन्त्रणको नाममा गरिएको सरकारी भ्रष्टाचारको छानविन तथा क्वारेन्टाइनमा रहेका सम्पूर्ण नागरिकको अनिवार्य पीसीआर गर्नुपर्ने मागहरूसहित काठमाडौँमा आयोजित नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय सङ्गठनको संयुक्त विरोध प्रदर्शन कार्यक्रमबाट हाम्रो सङ्गठन जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समितिका केन्द्रीय सचिव पूर्णबहादुर श्रेष्ठलगायत ३ जनालाई केपी–प्रचण्डको दलाल पुँजीवादी सरकारको गृह प्रशासनको ठाडो आदेशमा सादा पोसाकमा खटिएको प्रहरीले गिरफ्तार गरेकोमा हाम्रो सङ्गठन घोर विरोध तथा भत्र्सना गर्दछ । साथै शान्तिपूर्ण तरिकाले भएको कार्यक्रममाथि राज्यद्वारा गरिएको हस्तक्षेप, गिरफ्तारी र जनदमनलाई तत्काल बन्द गरी गिरफ्तार भएका साथीहरूको बिनासर्त ससम्मान तत्काल रिहाइको मागसमेत गर्दछ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘विश्वभर फैलिएको कोरोना महामारीले नेपाल गम्भीरमा सङ्कटमा परिरहेको अवस्थामा औषधी खरिदप्रक्रियामा विभिन्न नौटङ्की देखाएर भ्रष्टाचार गर्ने, अतिक्रमित भूमि फिर्ता ल्याउनका लागि ठोस कदम नचाली प्रचारमा मात्र सीमित भएको, हालै पश्चिम रुकुममा भएको जातीय नरसंहारलाई राजनीतिक हस्तक्षेप गरी दोषीलाई उन्मुक्ति दिन खोजिएको र कथित नाम मात्रको कम्युनिस्ट सरकारले ३ करोड नेपाली जनता एमसीसीका विपक्षमा उभिएको अवस्थामा पनि आफ्नो व्यक्तिगत स्वार्थका लागि उल्लिखित राष्ट्रघाती सम्झौता पास गर्न लागेको हुँदा राज्यले यस्ता कमीकमजोरीहरू तत्काल बन्द नगरे यसको कडा प्रतिरोधमा उत्रिने चेतावनीसमेत दिन चाहन्छौँ ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :