अपहरण शैलीमा गिरफ्तार गरिएका विद्यार्थी नेतालाई तत्काल रिहा गर्न अखिल क्रान्तिकारीको माग


काठमाडौँ : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सगरमाथा क्षेत्रीय समन्वय समितिले प्रेस विज्ञप्ति प्रकाशित गरी सङ्गठनका भोजपुर जिल्ला अध्यक्ष विकास किराँती र स्थानीय स्वतन्त्र युवा रवि भुजेललाई पौवादुम्बा नगरपालिका च्याङ्ग्रेको साङपाङ्ग्रे डाँडाबाट निजी काममा रहेको बेला प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेको भन्दै तत्काल बिनासर्त रिहा गर्न माग गरेको छ । समितिका संयोजक दर्शनकुमार नेपालीद्वारा जारी विज्ञप्तिमा गिरफ्तार व्यक्तिहरुलाई रिहा नगरिए सरकारको ठूलो भुल हुने उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘२०७७ जेठ ३२ गतेको दिन हाम्रो सङ्गठन अखिल (क्रान्तिकारी) भोजपुर जिल्ला अध्यक्ष विकास किराँती र स्थानीय स्वतन्त्र युवा रवि भुजेललाई पौवादुम्बा नगरपालिका च्याङ्ग्रेको साङपाङ्ग्रे डाँडाबाट आफ्नो पारिवारिक काममा रहेको बेला सामाजिक दलाल पुँजीवादी सरकारको गृह प्रशासनले अपहरण शैलीमा गिरफ्तार गरेको विषयमा गम्भीर ध्यान आकर्षण भएको छ । उक्त गैरन्यायीक गिरफ्तारीप्रति सङ्गठन घोर निन्दा एवम् भत्र्सना गर्दछ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘कोरोना भाइरस (कोभिड १९) ले विश्व नै आक्रान्त बनिरहेको बेला एमसीसीजस्तो राष्ट्रघाती अमेरिकी परियोजनाको चक्रव्यूहमा देशलाई धकेल्दै बेरोजगारी, जनघात, राष्ट्रघात, भ्रष्टाचार र कमिसनमा लिप्त कथित कम्युनिस्ट नामधारी वली सरकार युवा, विद्यार्थी र जनताका आवाजहरूलाई प्रतिबन्ध लगाउँदै दमन, धरपकड, राजनीतिक आस्था राखेकै कारण इन्काउन्टरका नाममा हत्यासम्म गर्ने कुचेष्टा गरिरहेको छ । लोकतन्त्रको मसिहा ठान्ने केपी सरकारले जनताको आवाजलाई निमोठ्दै बुटले कुल्चिने दुस्साहस गरिरहेको छ । यो इतिहासको सबैभन्दा ठूलो भुल हुनेछ । गिरफ्तार गरिएका भोजपुर जिल्ला अध्यक्ष क. विकास र स्वतन्त्र युवा रविन भुजेललाई बिनासर्त रिहाइको जोडदार माग गर्दछौँ । अन्यथा राष्ट्रियता, समानता, स्वतन्त्रता र हजारौँ युवा विद्यार्थीको अग्रदस्ता हाम्रो सङ्गठन जस्तोसुकै परिस्थितिको सामना गर्न बाध्य हुने चेतावनी दिन चाहन्छौँ ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :