विपत्मा परेका श्रमिकलाई आर्थिक भार थपेकोमा जनप्रगतिशील मोर्चाद्वारा सरकारको भत्र्सना

काठमाडौँ : जनप्रगतिशील मोर्चा साउदीले कोरोना सङ्क्रमण र लामो समयदेखिको लकडाउनका कारण नेपाली श्रमिकहरू प्रवासमा भोकभोकै अलपत्र परिरहेका र कम्पनीले कामबाट निकालेपछि आत्महत्या गर्न विवश भएको जनाएको छ । मोर्चाका अध्यक्ष युवराज कार्की ‘शेखर’ र महासचिव टीकाराम वली ‘सुरेश’ ले प्रेस विज्ञप्ति जारी गर्दै अलपत्र परेका श्रमिकहरूलाई सरकारले उद्धार गर्ने निर्णय गरेसँगै टिकटको मूल्य, पीसीआर, पीसीआर टेस्ट शुल्क, क्वारेन्टाइन खर्चको जिम्मेवारी लिनुको साटो विपत्मा परेका श्रमिकलाई आर्थिक भार लगाएकोमा घोर विरोध गरेका छन् ।

मोर्चाको विज्ञप्तिमा भनिएको छ, ‘विगत ३ महिनादेखि कोरोना भाइरसका कारण विश्व नै सङ्कटको अवस्थामा छ । नेपाली श्रमिकहरू प्रवासमा भोकभोकै अलपत्र परिरहेका छन् । त्यति मात्र हैन, कम्पनीले कामबाट निकालेपछि आत्महत्या गर्न विवश छन् ।’

विज्ञप्तिमा भनिएको छ, ‘ढिलै भए पनि समस्यामा परेका श्रमिकहरूलाई नेपाल सरकारले उद्धार गर्ने तत्परता देखाएकोमा नेपाली जनप्रगतिशील मोर्चा साउदी नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्दछ । लाखौँ प्रवासी नेपाली श्रमिकहरूको रेमिटेन्सले देशको अर्थतन्त्र धान्दै आएको छ । तिनै श्रमिकहरूलाइ सरकारले उद्धार गर्ने निर्णयसँगै टिकटको मूल्य, पीसीआर, पीसीआर टेस्ट शुल्क, क्वारेन्टाइन खर्च राज्यले जिम्मेवार लिनुको साटो विपत् परेका श्रमिकले आर्थिक भारलगाएकोमा नेपाली जनप्रगतिशील मोर्चा घोर विरोध गर्दछ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘मुख्य गरी साउदी, यूएई, मलेसिया, कतार, कुवेत, बहराइन, ओमन, दक्षिणकोरिया, माल्दिभ्स, साइप्रसलगायत अन्य देशमा छट्पटाइरहेका, बिरामी भएर उपचार तथा लामो समयपछि रोजगार गुमाएर अत्यन्तै दयनीय अवस्थामा रहेका श्रमिकहरूमाथि महँगो मूल्य निर्धारण गरेर राज्यले प्रवासमा रहेका श्रमिकहरूको उद्धार गरी बिरामी, अशक्त, लामो समयदेखि रोजगार गुमाएर अलपत्र अवस्थामा रहेका नेपाली मजदुरलाई अवस्था हेरी न्यूनतम् शुल्कमा सहज तरिकाले कूटनीतिक पहल गरी स्वदेश फर्कने वातावरण बनाउन नेपाली जनप्रगतिशील मोर्चा साउदी जोडदार माग गर्दछ ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :