सुकुमबासी बस्ती फडानी गर्नेलाई जनकारबाही गर्ने नेकपाको चेतावनी

काठमाडौँ : केपी वली नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टी नवलपुरले जिल्लाको देवचुली ६ मिर्तुङ्खोला गाउँमा रहेको सुकुमबासी बस्तीमा रहेको यममाया अस्लामी मगरको मकैबारी, केराबारी र तरकारीबारीमा गुण्डागर्दी शैलीमा फडानी गर्ने कथित एकता सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष हुमाकान्त सुवेदीलगायत जिल्ला बन कार्यालयबाट खटिएका मानव मुकुन्डोधारी जत्थालाई जनकारबाही गर्ने बताएको छ ।

जिल्ला सेक्रेटरी शीतलले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै २०४७ सालदेखि यममाया अस्लामी मगरको परिवारले भोगचलन गर्दै आएको जग्गा फडानी गरेर अपराधपूर्ण र अक्षम्य काम गरेको भन्दै यसको जति निन्दा र भत्र्सना गरे पनि कमै हुने बताएको छ । विज्ञप्तिमा नेकपाले पीडितलाई तत्काल क्षतिपूर्तिसहित भोगचलनको पूर्ण अधिकार सुनिश्चित नगरे वा सुकुमबासीलाई घरवारविहीन बनाउने षड्यन्त्र गरिए सम्बन्धित निकाय नै जनकारबाहीको भागीदार हुने बताएको छ । विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :