रुकुम सामूहिक हत्याकाण्डविरुद्ध अखिल (क्रान्तिकारी) को प्रदर्शन


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) नवलपुरले रुकुम सोती सामूहिक हत्याकाण्डका विरुद्ध प्रदर्शन गरेको छ ।

वली सरकारका विरुद्ध काठमाडौँ, पोखरालगायत क्षेत्रमा आन्दोलन चर्किरहेको बेला नवलपुर जिल्लामा भने पश्चिमरुकुममा भएको सोती हत्याकाण्डविरुद्ध अखिल (क्रान्तिकारी) ले प्रदर्शन गरेको छ ।

जिल्लाको एक स्थानमा भएको उक्त प्रदर्शनमा पश्चिम रुकुमको सोती हत्याकाण्डमा संलग्नलाई कारबाही गरिनुपर्ने, जातीय विभेद अन्त्य गरिनुपर्ने, सबैको रगत रातो हुन्छ, तिमी र ममा के फरक छलगायत नारा लेखिएका पोस्टर, पम्प्लेटसहित संयुक्त रूपमा प्रदर्शन गर्नुका साथै स्थानीय बासिन्दासँगको सहकार्यमा घरदैलो कार्यक्रमसमेत सञ्चालन गरिएको समाचारमा जनाइएको छ । साथै व्यावहारिक शिक्षा लागू गरिनुपर्ने, बेरोजगार उत्पादन गर्ने शिक्षा बन्द गर्नुपर्ने र आफ्नो सङ्गठनमाथि राज्यले लगाएको प्रतिबन्ध खारेज गरिनुपर्ने माग राखेर आन्दोलन गरिएको थियो । कार्यक्रममा जिल्लाका स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :