काठमाडौँका दर्जनौँ ठाउँमा एमसीसीविरुद्ध पोस्टर


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीनिकट जनगणतान्तिक सम्पर्क मञ्चले राष्ट्रघाती एमसीसी परियोजनाको विरोध गर्दै ललितपुर जिप्रका र मानभवनवरिपरि पोस्टर टाँसेको छ ।

यसैगरी काठमाडौँमा बागबजारस्थित भक्तपुर बसपार्क, नयाँबानेश्वर, म्हैपी मन्दिर र म्हैपी बिटवरिपरि, बालाजु पुल, वनस्थलीदेखि भगवानचोकसम्म, चण्डोल, चप्पल करखाना, जोरपाटी मेडिकल कलेजदेखि अत्तरखेलसम्म पोस्टर टाँसिएको छ ।

यसैगरी वसुन्धरा चोक, प्रतीक्षालय र चौकी, मेनरोडवरिपरि, बौद्ध, टोखा, मालपोत वरिपरि, भूतखेल, टोखा बजार, सामाखुसी, रानीबारी, गोंगबुदेखि कपुरधारा जाने रोड, टोखा खरीबोट र लैनचौरमा पौस्टर टाँसेको प्राप्त समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :